काठमाण्डु – सरकारले मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णहरु सार्वजनिक गरेका हुन् ।
सरकारले प्रशासन सेवाका सहसचिव रविलाल पन्थलाई विशिष्ट श्रेणी पद सचिवमा बढुवा गरेको छ । त्यस्तै सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी, वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा गोपिचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।
बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय गरेको पनि प्रवक्ता कार्कीले बताए ।
मन्त्रिपरिषद्ले विद्युतिय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु सेक्युरिटी फिचर्स स्वीकृत गर्ने लगायतको निर्णय पनि गरेको छ ।




प्रतिक्रिया