एजेन्सी – गभर्नर गेभिन न्यूसमले क्यालिफोर्नियामा २ साताको अवधिमा १० लाख बेरोजगारी भएको दाबी गरेका छन् ।
कोरोनाभाइरसको महामारीले व्यवसाय बन्द भएसँगै राज्यमा बेरोजगारी बढेको उनले बताए ।
‘मार्चको १३ देखि हामीले १० लाखको बेरोजगारीको दावी आएको देखेका छौ,’ उनले बताए ।
अमेरिकामा नयाँ बेरोजगारी दावीको महत्वपूर्ण राष्ट्रिय तथ्यांक सार्वजनिक हुनुभन्दा एक दिन अगाडि न्यूसमको यो घोषणा आएको हो ।
मार्च १६ मा देशमा सेल्टर इन प्लेस आदेश जारी गर्ने सन फ्रान्सिस्को क्षेत्र देशकै पहिलो क्षेत्र भएको छ । न्यूसमले यसको तीन दिनपछि पुरै राज्यमा घरमै बस्ने आदेशमा हस्ताक्षर गरेका थिए ।




प्रतिक्रिया