ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५० जना पक्राउ

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५० जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरको सानेपामा चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले छापा मारी कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिएको छ ।

सिआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले दुई जना चिनियाँ र एक जना फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कल सेन्टरमा क्रिप्टो कारोबार र ठगीधन्दा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएकाले सञ्चालक तीनै जनासहित त्यहाँ कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए ।

एसपी बोगटीले नियन्त्रणमा लिएकाहरुमध्येबाट ठगी र क्रिप्टो कारोबार गर्नेहरूलाई मात्र मुद्दा चलाइने जानकारी दिए । एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको खबर पाएपछि सिआइबीले छापा मारेको हो।