सन्दीपका विषयमा कानुनअनुसार अघि बढ्छाैँ : अध्यक्ष चन्द

सन्दीपका विषयमा कानुनअनुसार अघि बढ्छाैँ : अध्यक्ष चन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका लामिछानेकाे विषयमा कानूनअनुसार अघि बढ्ने बताएका हुन् ।

अध्यक्ष चन्दले सन्दीप नेपालका लागि चाहिने खेलाडी भएको भन्दै यस विषयमा आफूहरु छलफल गरिरहेको बताए । उनले भने, ‘नेपालको लागि चाहिने खेलाडी हो।तर आईसीसीले नेपालको कानूनले अनुमति दिन्छ भने अगाडि बढ्नु भनेको छ।

त्यो विषयमा हामी छलफल गरिरहेका छौं।’ बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।