क्यानको अध्यक्षमा चन्द विजयी (विजेताको नामावलीसहित)

क्यानको अध्यक्षमा चन्द विजयी (विजेताको नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । शनिबार भएको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनबाट अध्यक्षका अर्का उम्मेदवार विनयराज पाण्डेलाई पराजित गर्दै चन्द अध्यक्षमा निर्वा्चित भएका हुन्।

५९ जना प्रतिनिधि रहेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरे भने पाण्डेले १५ मत मात्रै प्राप्त गरे। पदाधिकारीमासमेत चन्दको प्यानलले बहुमत ल्याएको छ। १७ सदस्यीय कार्यसमितिमा राजुबाबु श्रेष्ठ ४१ मत पाएर उपाध्यक्ष पदमा निर्वा्चित भएका छन्। यस्तै सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशनकुमार सिंह विजयी भए।

नयाँ कार्यसमिति चयन भएसँगै आईसीसीले गरेको क्यानको निलम्बन फुकुवाको ढोका खुलेको छ।लामो समयदेखि नेपाली क्रिकेटमा देखिएको विवाद समाधानको लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान बनाएको थियो। सोही विधानको आधारमा आईसीसीको स्वतन्त्र कमिटीले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गरेको हो।  निर्वाचनमा ३९ जिल्ला र २० प्रदेशबाट आएका ५९ प्रतिनिधिले नयाँ कार्यसमितका लागि मतदान गरेका थिए ।