क्यानडामा ८० जना यात्रु बोकेको विमान पल्टियाे

क्यानडामा ८० जना यात्रु बोकेको विमान पल्टियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना यात्रु बोकेको विमान पल्टिएको छ ।

स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो ।

दुर्घटनामा सबैको सकुसल उद्दार गरिएको छ भने ३ जनाको अवस्था गम्भीर रहेको बिबिसिले जनाएको छ । दुर्घटनामा करिब १५ जना घाइते भएको बताइएको छ ।

विमान पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो भने आगो लाग्दै गर्दा यात्रुहरु बाहिर निस्किरहेको देखिएको थियो ।

यो विमान पल्टिनुअघि टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २६ उडान डाइभर्ट गरिएको थियो । धेरैजसो विमानलाई मोन्ट्रियल र ओट्टावा डाइभर्ट गरिएको थियो ।

विमान दुर्घटनाको कारण खुलेको छैन । क्यानडाकी यातायात मन्त्रीले यो ‘गम्भीर घटना’मा नजर राखेको बताइन्। बीबीसी