क्यान्सर पीडित नन्दकला परियारलाई १५ हजार सहगाेग

क्यान्सर पीडित नन्दकला परियारलाई १५ हजार सहगाेग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाेवा – प्रगतिशील नेपाली समाज भारत गोवा राज्य समिति सदस्य डम्बरसिङ खत्रीले क्यान्सर पीडित नन्दकला परियारलाई १५ हजार सहगाेग गरेका छन् । रुकुम बाफिकोट गाउपालिका दुइ कुनाखेत रुकुम पश्चिम निवासी खत्रीले १५ हजार ३ सय रूपैँया सयोग गरेका हुन्।

खत्रीले उक्त रकम साथीहरूबाट जुटाएका थिए । सो रकम क्यान्सर पीडित नन्दकला परियारलाई हस्तान्तरण गरेका छन् । नन्दकलालाइ थप उपचारको लागि करिब १० लाख नेपाली रूपैयाँ आवश्यक परेको छ ।

गोवा मेडिकल कलेजमा उपचार गराईराखेकी  उनी सो कलेजले मुम्बईस्थित टाटा हस्पिटलमा रिफर गरेको छ। उनको उपचारको लागि संयुक्त गोवा नेपालीका अध्यक्ष प्रकाश नेपालीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । सो कमिटीले उनको उपचारमा आर्थिक रकम जुटाउने भएकाे छ ।

गोवामा अवस्थित सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुबाट सयोगको लागि अपेक्षा गरिएको छ । खत्रीले नन्दकला परियारलाई पथ उपचारमा सयोग गर्न संयुुक्त गोवा नेपाली समाजका साथीहरूसंग मिलेर आफुले थप सक्दो सयोग गर्न प्रतिबद्धता गरेका छन्