नहरमा हामफालेका युवकको शव फेला

नहरमा हामफालेका युवकको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रबार हाम फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज फेला पारेको छ ।

हामफालेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।

मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । चौधरीसँगै नहरमा हामफेकी १९ वर्षीया रेनु चौधरीको भने स्थानीय बासिन्दाले शुक्रबार जीवितै उद्धार गरेका थिए । रासस