काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे‘ए’ विरुद्ध टी–ट्वान्टी सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको हो । नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको टि२० र तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । नेपालले टि २० टोलीमा युवा खेलाडीलाई मौका दिएको छ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की ।




प्रतिक्रिया