कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनमा नेपाल सात विकेटले विजयी


काठमाडौँ – नेपालले मलेसियालाई टी–ट्वीन्टी पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । कप्तान पारस खड्काको  ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।  मलेसियाले नेपालसामु जीतका लागि १ सय २९ रनको प्रस्तुत गरेको लक्ष्य नेपालले १८.३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।नेपालको जीतमा कप्तान पारस खड्का नायक बने । उनले विस्फोटक ब्याटिङ गर्दै मात्र ५० बलमा ८६ रन बनाए ।

१२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा र्गयो । नेपालको जितका लागि कप्तान पारस खड्काले एकल प्रदर्शन गरे । ५० बलमा ८६ रन बनाएका उनले ८ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी शरद भेषवाकरले १६ रनको योगदान गरे। प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७, रोहितकुमार पौडेलले ५ रन जोडे ।

मलेसियाका लागि मोहमद अनवारले नेपालको २ विकेट लिए । फित्री सामले १ विकेट लिए ।  ब्याटिङतर्फ उत्कृष्ट सुरुवात गरेको मलेसियाले पछि निरन्तर विकेट गुमाउँदा मध्यम स्कोर मात्रै बनाउन सक्यो । नेपालका लागि करण केसीले मलेसियाको ३ विकेट लिए । सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । करणले अन्तिम ओभरमा ३ विकेट लिन सफल भए।

मलेसियाका लागि बिरानदीप सिंहले सर्वा्धिक ५७ रन बनाए । अहमद फैजले ४५ रन र फित्री सामले १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ । प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आप्mनो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement