काठमाण्डु – नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले शनिबार बिदाको दिन सरकारी कार हुइँकाउँदा दुर्घटना भएको छ ।
शनिबार दिउँसो करीब २ बजे कलंकी चोकको डिभाइडरमा लगेर उनले सरकारी कार ठोकेका छन् ।
सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको सरकारी कार लिएर निस्केका उनले डिभाइडरमा कार ठोकेपछि कलंकीस्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
कलंकीस्थित ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजीव बस्नेतले दिउँसो २ बजेतिर घटना भएपछि स्थानीयले कार र चालकलाई घेरेका थिए, त्यसपछि ट्राफिक प्रहरी पुगेर चालक भट्टलाई नियन्त्रणमा लिएको छ । कंक्रिटको डिभाइडरमाथि कार चढेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका कारण कारको अगाडिपट्टिको भागमा क्षति पुगेको छ । कार तीव्र गतिमा आएर डिभाइडरमा हानेको र लेन मिचेर भाग्न खोजेपछि भीडले घेरेर रोकेको थियो ।




प्रतिक्रिया