कारको ठक्करबाट पाटे बाघको मृत्यु

कारको ठक्करबाट पाटे बाघको मृत्यु


बारा – बारामा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा उक्त पाटे बाघलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट १० वर्षको पाटे बाघको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । प्रहरीले कार चालक सर्लाहीका वर्षीय अजय मिश्र र बाघलाई राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।