पेप्सीकोलामा कार दुर्घटनाग्रस्त, एक जनाको मृत्यु

पेप्सीकोलामा कार दुर्घटनाग्रस्त, एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान जडिबुटी–पेप्सीकोला सडक खण्डमा बा १० च २८६४ नम्बरको कार दुर्घटना हुँदा तिनकुनेका २१ वर्षीय दीतम गोभाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सात जना सवार रहेको उक्त कार तिव्र गतिका कारण दुर्घटना भएको बानेश्वर प्रहरीले जनाएको छ ।

कारमा सवार अर्का एक जना युवा पनि घाइते भएका छन् । उनीहरु मुलपानीमा साथीको बर्थडे खाएर फर्किरहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।