काठमाडौंमा निजी कारबाट बिरामी बोक्ने युवासहित ज्योतिष र पसलेलाई कोरोना संक्रमण

काठमाडौंमा निजी कारबाट बिरामी बोक्ने युवासहित ज्योतिष र पसलेलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा तीन जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । जसमध्ये एक जना किराना पसले, ज्योतिषी र निजी गाडीमा बिरामी ओसार्ने युवा रहेका छन् ।

सोमबार फेला परेको संक्रमित टोखा नगरपालिका ३ र ६ का दुई जना छन् भने अर्को एक जना बुढानिलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुष रहेका छन् । जसले निजी गाडीमा बिरामी ओसार्दै आइरहेका थिए ।

उनले ६ वटा गाडीलाई एम्बुलेन्स बनाएर बिरामीले सेवा दिँदै आइरहेका थिए । आज एकै पटक ७२ जनामा कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।