कार्लमार्क्सको जिवनीबारे चलचित्र चीनमा प्रदर्शन


बेइजिङ – कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा आजदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र आज देखि चीनका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन थालिने भएको समाचारमा जनाइएको छ ।

कार्लमाक्र्सको २०० वर्षको जन्मशताब्दिको अवसरमा उक्त चलचित्र प्रदर्शन थालिएको बताइएको छ । उक्त चलचित्रमा माक्र्स र एंगेल्सको बाल्यकाल, उनीहरुले एक आपसमा मिलेर कसरी काम गरे भन्ने बारेमा जानकारी समेटिएको छ । उनीहरु पहिलो पटक सन् १८४४ मा पेरिसमा भेटेपछि श्रमिक आन्दोलन र कम्युनिष्ट पार्टीको घोषणापत्र निर्माणका काममा उनीहरुले के कसरी मिलेर काम गरेका थिए भन्ने विषयमा त्यस चलचित्रमा समेटिएको छ ।

माक्र्सको व्यक्तिगत जीवन, उनको पारिवारिक सम्बन्ध, श्रीमती जेनीसँगको सम्बन्ध र कम्युनिष्ट घोषणापत्र निर्माणका क्रममा सरकारसँगको संघर्ष तथा भोग्नुपरेको अवस्थाका बारेमा उक्त चलचित्रमा समेटिएको छ । अष्ट्रेलिया, बेल्जियम, फ्रान्स र जर्मनीका कार्ल माक्र्सका सहयोगीहरुले निर्माण गरेको यस चलचित्र हाइटियन चलचित्र निर्माता कम्पनी राउल पेकले निर्देशन गरेका थियो । उक्त चलचित्रमा जर्मन कलाकार अगष्ट डियाअलले कार्ल माक्र्सको भूमिका खेलेका छन् भने अरु कलाकारहरु पनि जर्मनीकै रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement