सुटकेसमा शव भेटिएको प्रकरणमा ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

सुटकेसमा शव भेटिएको प्रकरणमा ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको ई–रिक्सा बरामद गर्दै चालकलाई पक्राउ गरेको छ ।

माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई–रिक्सा र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको प्रहरीमा बयान दिएका छन् । 

ई–रिक्सामा सुटकेसमा राखेर गगापिप्रा गाउँसम्म लैजान भनेको चालक महराले बताए । यस कार्यका लागि चालक महराले ५०० रुपैयाँमा भाडामा लिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मुडलवा गेटनजिक पुगेपछि ई–रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई–रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ । रुबीको हत्याराको व्यापक खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

गौर नगरपालिका–९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेसभित्र रुबीकुमारीको शव फेला परेको थियो ।