नेपाली झण्डा जलाउनेविरुद्ध मुद्धा दायर

नेपाली झण्डा जलाउनेविरुद्ध मुद्धा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली झण्डाको अपमान गर्नेविरुद्ध कारबाहीको माग गर्दै महानगरीय अपराध महाशाखा, टेकुमा मुद्दा दायर गरिएको छ ।

मंगोल हप अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको एक भिडिओमा बाहुन क्षेत्रीलाई शरणाथी भन्दै नेपालको झण्डा जलाएको दृश्य राखिएपछि सामाजिक अभियन्ता हेमराज थापा र उत्तम कार्कीले नेपालको झण्डा जलाउने विरुद्ध मुद्दा दायर गरेका हुन् ।

‘देशद्रोही’ नाम दिएर युट्युवमा अपलोड गरिएको यस गीत आफूलाई र्‍यापर बताउने मंगोल ग्याल्ज लिले गाएका हुन भने यसको शब्द एटिएमले लेखेका हुन् । लिले गाएको यस गीतले जातीय द्वन्द्व निम्त्याउने भन्दै ब्यापक आलोचना भइरहेको छ ।