बिरालोमा पनि भेटियो कोरोना भाइरस

बिरालोमा पनि भेटियो कोरोना भाइरस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – घर पालुवा जनावर बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिरालोको दिशाबाट कोभिड–१९ को संक्रमण भएको पुष्टि गरिएको हो ।

द ब्रसेल्स टाइम्सका अनुसार बेल्जियममा कोरोना संक्रमित घरमालिकबाट बिरालोमा सरेको हो । घरमालिक हालै इटालीबाट बेल्जियम फर्केका थिए । विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा नडराउन सबैलाई आग्रह गरेका छन् ।

लिग यूनिभर्सिटीको प्रयोगशालामा उक्त बिरालोमा संक्रमण रहेको पुष्टि भएको हो । उक्त बिरालोमा कोरोना भाइरस सर्ने मानिस बाहेक अन्य कुनै माध्यम नरहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् ।

केहीले भने यो परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । यसबारे अझै धेरै परीक्षण गरिनुपर्ने उनीहरुको तर्क छ । यसबारेमा थप परीक्षण नगरिए त्यसले राम्रो नतिजा नदिने आलोचकहरुले बताएका छन् ।