काठमाण्डु - विश्वकर्मा भगवानको पूजा आराधना गरी बुधबार वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ । यसदिन सवारी साधन, कलकारखाना र विभिन्न मेशनरी सामग्रीको पूजाआजा गरिएको छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन राजधानीको भद्रकालीमा भगवान्…