काठमाण्डु – नेपाली कथानक चलचित्र ‘मालती मंगले’को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ । बुधबार विशेष कार्यक्रमबिच ओएसआर डिजिटलमार्फत निर्माण टीमले गीत सार्वजनिक गरेको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायिका रचना रिमालले वरिष्ठ गायक रामकृष्ण ढकालसँग सहकार्य गर्ने आफ्नो इच्छा पूरा भएको बताइन् । उनले फिल्मी गीतप्रति आफ्नो रुचि बढ्दै गएको उल्लेख गर्दै…