काठमाण्डु– चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा आयोजना गरिएको प्रमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्ति भावुक भएका छन् । प्रिमियरमा अग्रज कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, कलाकार लोकेन्द्र…