विद्यालयभित्र जातीय विभेदको घटनाको अखिल क्रान्तिकारीद्वारा कडा भर्त्सना

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित बैजनाथ आधारभूत विद्यालयमा भएको जातीय विभेदको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले भर्त्सना गरेको छ । सरस्वती पूजाको दिनमा विभेदको घटना भएको गुनासो छ । संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालयजस्तो समानता र गरिमाको प्रतीक मानिने शैक्षिक संस्थामै जातीय अहंकार प्रदर्शन हुनु अत्यन्त निन्दनीय, आपत्तिजनक तथा अस्वीकार्य…