काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ भारत भ्रमण स्वीकृत भएको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले भारतको नयाँदिल्लीमा आगामी कात्तिक १०–१३ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं बैठकमा ऊर्जामन्त्री घिसिङलाई पठाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं बैठकमा ऊर्जामन्त्री घिसिङलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सञ्चार, सूचना…