काठमाण्डु– भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा उपत्यकाका विभिन्न ६० स्थानमा भएको आगजनी नियन्त्रणका लागि काठमाण्डु महानगरपालिकाले उपलब्ध सबै ५ दमकल पूर्ण रूपमा परिचालन गरेको जनाएको छ। महानगरको विपद् व्यवस्थापन विभागका अनुसार आन्दोलनका कारण टायर, फोहोर र अन्य सामग्री बालिँदा शहरभर जोखिम बढेपछि दमकल टोलीहरू दिनरात खटिएका थिए। यद्यपि, सडक अवरोध, जुलुस र…