एनपीएल : एलिमिनेटरमा काठमाण्डु र लुम्बिनी खेल्दै

काठमाण्डु - जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा दिउँसो ४ बजे सुरु हुनेछ। काठमाण्डु अंकतालिकामा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन्। यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग…