काठमाण्डु– नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजविरुद्धको तीन टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि १६ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको छ। कप्तानको जिम्मेवारी पुनः रोहित पौडेलले सम्हाल्ने छन् भने उपकप्तानमा दीपेन्द्र सिंह ऐरी छन्। “युनिटी कप” नाम दिइएको यो शृङ्खला यही सेप्टेम्बर २७ देखि ३० सम्म युएईको शारजाह क्रिकेट मैदानमा हुनेछ। हालै नेपालमा देखिएको ‘जेनजी आन्दोलन’पछि देशको…