काठमाण्डु – अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि नेपाली सेनाका उच्च अधिकारीहरूको बैठक बसेको छ । सेनाका उपरथीभन्दा माथिल्लो दर्जाका अधिकारीहरू सम्मिलित बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले आगामी रणनीतिबारे छलफल गरेका छन् । बैठकमा सिग्देलले अन्तरिम सरकारलाई सेनाको पूर्ण सहयोग र समर्थन रहने स्पष्ट पारेका छन् । स्रोतका अनुसार उनले बैठकमा भनेका छन्, ‘हामीले अन्तरिम…