काठमाण्डु - नेपालमा गहिरिँदो राजनीतिक घटनाक्रमप्रति अन्तर्राष्ट्रिय चासो र सरोकार बढेको छ । संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मित्र तथा समुदायले नेपालमा विकसित राजनीतिक घटनाप्रति चासो व्यक्त गदै यसको छिटोभन्दा छिटो निकास खोज्न सुझाव दिएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रचनात्मक रूपमा संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन् । हिंसात्मक प्रदर्शनका क्रममा नेपाली नागरिकले ज्यान…