युवाप्रति भएको हिंसा मर्माहत छ, नवपुस्ताको मर्मलाई बुझेर सम्बोधन गर्नुपर्‍यो : बिद्या भण्डारी

काठमाण्डु– पूर्वराष्ट्रपति बिद्या देवी भण्डारीले सोमबार जेनजी आन्दोलनमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफू मर्माहत बनेको बताएकी छिन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी, भ्रष्टाचारविरुद्धको आन्दोलन र सुशासनको मागसहित ‘जेन जी’ पुस्ताले काठमाण्डु सहित विभिन्न क्षेत्रमा आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ठूलो सङ्ख्यामा युवा विद्यार्थीको निधन भएको घटनाले आफू स्तब्ध बनेको भण्डारीले विज्ञप्तिमार्फत…