काठमाण्डु – झापाको दमक नगरपालिका–९ शान्तिमार्गमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा ढुंगामुढा प्रहार भएको छ । प्रधानमन्त्री ओलीको घरअगाडि प्रदर्शन हुँदा प्रहरीले २ राउन्ड हवाई फायर गरेको छ भने दमकको अवस्था तनावपूर्ण छ । जेनजी पुस्ताका प्रदर्शनकारीले दमक नगरपालिका कार्यालयमा आगजनी गरेका छन् । नाराबाजी गर्दै नगरपालिका कार्यालय परिसरमा पुगेका प्रदर्शनकारीले २ वटा मोटरसाइकलमा…