बालिकालाई ठक्कर दिएर भाग्ने मन्त्रीलाई तत्काल बर्खास्त गरियोस् : कमल थापा

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएर भागेका मन्त्रीलाई तत्काल बर्खास्त गरी कारवाही गर्नुपर्ने माग गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै अध्यक्ष थापाले मन्त्रीमाथि कानून बमोजिम कारवाही हुनुपर्ने माग गरे । उनले लेखेका छन्, ‘ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी भाग्ने गैरजिम्मेवार र अमानवीय…