काठमाण्डु - नेपाल र बंगलादेशबीच शनिबार पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाण्डुस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि शुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ । नेपालको सिनियर टोलीले करिव २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो…