काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता खारेज गर्ने निर्णयप्रति असहमति जनाउँदै फरक मत प्रस्तुत गरेका छन् । बिहीबार बसेको एमाले सचिवालय बैठकमा उनले साउन ५–६ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको नवौं बैठकमा छलफलको कार्यसूचीमै नरहेको विषयलाई उठाउँदै भण्डारीको पार्टी सदस्यता खारेज गरिएको निर्णय ‘अस्वाभाविक वातावरणमा सुनाइएको’…