काठमाण्डु - भारतको गोवा राज्यको अर्पोरा क्षेत्रमा एउटा नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। घाइतेको संख्या यकिन भइसकेको छैन। प्रहरीका अनुसार राति करिब १२ बजेतिर भुइँतलाको भान्छाबाट आगो सुरु भई माथिल्ला तलासम्म फैलिएको थियो। धेरैजसो शव भान्छा क्षेत्र र सिँढीमा भेटिएका छन्। भाग दौडमा सिँढीमै दुई जनाको पनि…