धनगढी – कैदीहरूबीच भएको झडपमा १ जनाको मृत्यु भएपछि कैलाली कारागारलाई कैदीहरूले कब्जामा लिएका छन् । शुक्रबार मध्यराति झडप भए पनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायलाई अवरोध गर्दै कैदीहरूले कब्जामा लिएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल, कैलालीका प्रहरी उपरीक्षक (एसपी) बालनसिंह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीत सहितका सुरक्षा अधिकारीहरू…