हनुमानढोकाको प्रहरी भवन भत्काउने बालेनको प्रस्तावमा आईजीपी थापा सहमत

काठमाण्डु– २०७२ सालको भूकम्प अघिसम्म जिल्ला प्रहरी परिसरका रूपमा प्रयोग हुँदै आएको काठमाण्डुको हनुमानढोकास्थित पुरानो प्रहरी भवन भत्काइने भएको छ। सांस्कृतिक सम्पदाको संरक्षण र परम्परागत रथ यात्राका लागि आवश्यक संरचना निर्माणका लागि यो निर्णय गरिएको हो। काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाबीच बुधबार महानगरपालिकामा भएको छलफलपछि भवन हटाउने…