बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदहरूले गरे हस्ताक्षर

काठमाण्डु- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो । शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेस प्रदेशसभाका एक सदस्यले बताएका छन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।…