काठमाण्डु– पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकी छिन् । बिचौलियासँग 'घुस डिल अडियो काण्ड'मा नाम जोडिएपछि बयान दिनका लागि उनी बुधबार दिउँसो अख्तियार पुगेकी हुन् । अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि छानबिन भइरहेको छ । छानविनका क्रममा अख्तियारले श्रेष्ठको…