काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा हँसिलो मुद्रामा भेटवार्ता भएपछि सतहमा देखिन थालेको विवाद मत्थर भएको अनुमान गरिएको थियो । तर त्यसयता एमालेभित्रको आन्तरिक कहल झन् बल्झिँदै गएको छ । पार्टी केन्द्रीय कमिटी बैठकको सुरुआतमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको नाममा अनावश्यक बयानबाजी गर्नेलाई कारवाही गर्ने…