काठमाण्डु - अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प नसाको एक रोगबाट पीडित भएका छन् । अमेरिकाका राष्ट्रपति कार्यालय ह्वाइट हाउसले यसबारे जानकारी दिएको हो । ट्रम्पलाई लागेको रोगलाई क्रोनिक भेनस इन्सुफिसिएन्सी भनिन्छ । केही तस्वीरहरूमा अमेरिकी राष्ट्रपतिको हातमा एउटा निशान देखिएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कोरलिन लेभिटका अनुसार ट्रम्पले हालै आफ्नो खुट्टा सुन्निएको गुनासो गरेपछि…