काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरूमाथि गरिएको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको भन्दै आपत्ति जनाएका छन् । काठमाण्डुमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू त्यसबारेमा सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्ने र पार्टीलाई बृहत् एकताबद्ध बनाउन लाग्ने बताएका छन् । उनले कांग्रेस अहिले चौतर्फी घेरामा रहेको भन्दै कोतपर्व जस्तै अनुशासन…