काठमाण्डु - चान्द्रमानको पात्रोअनुसार सोमबारदेखि साउने सोमबार व्रत शुरु हुँदैछ। चान्द्रमानको पात्रोअनुसार गत शुक्रबारदेखि श्रावण महिना लागिसकेको छ। धर्मशास्त्री प्राडा देवमणि भट्टराईका अनुसार सोमबार व्रत शुरु गर्न सकिनेछ। सौरमासको पात्रोअनुसार भने बिहीबार साउन लाग्दैछ। त्यसअनुसार साउन ५ गते पहिलो सोमबार परेको छ। भट्टराईका अनुसार चान्द्रमानको पात्रोअनुसार व्रत बस्नेले असार ३० गते र साउनको ५, १२…