राम नेपालमै जन्मिएका हुन् भन्न के को डर : प्रधानमन्त्री ओली

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै भगवान् रामको जन्म भएको दाबी गर्दै सत्य तथ्य बोल्न डराउन नहुने बताएका छन्। नेकपा (एमाले) केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटनको अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले राम जन्मस्थलको विषयमा स्पष्ट धारणा राखेका हुन् । “हामी आफैँले आफ्नो इतिहास र संस्कृति बोल्न सक्दैनौं भने अरू कसले…