उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदै

काठमाण्डु - उज्यालो नेपाल पार्टीको बुधबार औपचारिक घोषणा हुँदैछ । पार्टीको संरक्षकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ छन् । दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा पार्टीको औपचारिक घोषणा हुन लागेको हो । पार्टी निर्वाचन आयोगमा भने दर्ता भइसकेको छ। घोषणा सभाको प्रमुख अतिथि मन्त्री घिसिङ हुनेछन् । उनले पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र…