काठमाण्डु - भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा शुक्रबार नेपालले साउदी अरेबियासँग खेल्दै छ। साउदी अरेबियासँगको यो खेल नेपालको दोस्रो खेल हो। यो खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे बाट सुरु हुने छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो तर नेपालसँग भिड्न आएको…