धनगढीमा भीषण आगलागी, ३ वटा पसल जलेर नष्ट

काठमाण्डु- धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकआइतबार राति भीषण आगलागी हुँदा ३ वटा पसलमा क्षति पुगेको छ। विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार हेलेन ट्रेड एण्ड सप्लायर्स अन्तर्गत विश्वप्रकाश कँडेलले सञ्चालन गरेका ४ वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका ३ सटर र…