पार्टी बनाउने आँट मैले गरेको हो, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु : माधव कुमार नेपाल

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको सन्दर्भमा पार्टीले निर्णय गरे आफू बिदा हुन तयार रहेको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले पार्टीले यदि मुद्दाका कारण बिदा दिन चाह्यो भने आफू त्यसलाई स्वीकार गर्ने बताएका हुन्। 'पार्टी…