काठमाण्डु- उपभोक्ता अदालतको जरिवाना फैसलाप्रति विमति राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएपछि बुधबारदेखि अस्पतालहरू खुलेको छ । सरकार र चिकित्सक संघबीच मंगजबार राति तीनबुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमतिअनुसार उपभोक्ता संरक्षण…