राप्रपा र रास्वपाले आज पनि गरे संसद् बैठक बहिष्कार

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारको संसद बैठकपनि बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएको भन्दै दुवै दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका हुन् । उनीहरुले भिटिज भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद बहिष्कार गर्ने बताउँदै आएका छन् । ।…