काठमाण्डु - मुसलधारे वर्षाका कारण १३२ भन्दा बढीको मृत्यु भएपछि दक्षिण एशियाली राष्ट्र श्रीलंकमा आपतकाल घोषणा गरिएको छ । राष्ट्रपति अनुराकुमार दिसानायकले खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गरेका हुन् । यो घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्छ । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक…